नियम ३४
सरकारी वकीललाई सहयोग गर्न कर्मचारी खटाउनु पर्ने
(१) नेपाल सरकार वादी भएको मुद्दा वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दा कुनै अड्डा अदालतमा चलिरहेको अवस्थामा वा त्यस्तो मुद्दा दायर गर्नु पर्ने देखिएमा साक्षी प्रमाण जुटाउने लगायतका अन्य काममा सरकारी “ वकीलले सहयोग माग गरेमा सम्बन्धित अधिकारीले मुद्दाको वस्तुस्थिति बुझेको कर्मचारी खटाई दिनु पर्नेछ ।

(२) नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा आवश्यक पर्ने निर्णय, मिसिल, फाइल वा कागजात सम्बन्धित सरकारी वकील कार्यालयबाट माग भएमा सम्बन्धित निकायले यथाशीघ्र त्यस्तो कार्यालयमा पठाउनु पर्नेछ । (३) उपनियम (२) बमोजिम मिसिल कागजात प्राप्त नभएमा त्यस्तो मुद्दामा सरकारी वकीलले प्रतिरक्षा गर्न इन्कार गर्न सक्नेछ ।